बागमती प्रदेशका पत्रकारका लागि एक करोड रुपैँया विनियोजन

छहारी संवाददाता
असार १, २०८३

बागमती प्रदेश सरकारले प्रदेश पत्रकारका लागि एक करोड रुपैँया विनियोजन गरेको छ।

सोमबार बसेको बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेशमा रहेका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नका लागि एक करोड रुपैँया बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो ।

स्वतन्त्र प्रेसको सम्मान गर्दै पत्रकारको बीमा कार्यक्रम र सामाजिक सुरक्षा कोषमा जोड्नका लागि बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*