बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत

छहारी संवाददाता
असार १, २०८३

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट स्वीकृत गरेको छ। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अनुमानित आय–व्यय विवरणसहितको बजेट पारित गरेको हो।

मन्त्रिपरिषदबाट स्वीकृत बजेट प्रदेश सभाको सोमबार बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गर्ने कार्यसूची छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।

स्रोतका अनुसार सत्तासाझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको सहमतिअनुसार प्रदेश सरकारले ६६ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गर्ने तयारी गरेको हो। चालू आर्थिक वर्ष ०८२र८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षको बजेट पनि सोही आकारको रहने अनुमान गरिएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, रोजगार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*