एक वर्ष पछि सर्याे टी-ट्वान्टी विश्वकप क्रिकेट
सन २०२१ अक्टोबर-नोभेम्बरमा हुने
टी-ट्वान्टी विश्वकप सन २०२१ काे अक्टोबर-नोभेम्बरमा हुने आईसीसी कार्यसमिति बैठकले जनाएकाे छ ।
अस्ट्रेलियामा अागामि दिई महिनापछि आयोजना हुने तय भएको टी-ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको हाे ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सोमबार बसेको बैठकले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आगामी अक्टोबर-नोभेम्बरमा आयोजना हुने तय भएको टी-ट्वान्टी विश्वकप एक वर्ष सरेको हो ।
त्यस्तै २०२१ मा हुने भनिएको टी-ट्वान्टी विश्वकप २०२२ को अक्टोबर-नोभेम्बरमा हुने जनाएको छ । आईसीसी एकदिवसिय विश्वकप २०२३ हुनेछ । यसअघि टी-ट्वान्टी विश्वकप २०२१ र एकदिवसीय विश्वकप दुबै भारतमा हुने तय भएको थियो ।





