२०२० को बालोन डि’ओर संस्करण नहुने
कोरोना भाइरस महामारीका कारण “२०२० को बालोन डि’ओर संस्करण नहुने भएकाे छ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि’ओर स्थगित भएको फ्रान्स फुटबलले पुष्टि गरेको छ ।
६४ वर्षे इतिहासमा पहिलाे पटक स्थगित भएको उक्त अवार्ड सन् १९५६ पछि हरेक वर्ष उत्कृष्ट खेलाडीलाई प्रदान गरिँदै आएको थियो ।
फ्रान्सेली पत्रिका फ्रान्स फुटबलद्वारा हरेक वर्ष विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि’ओर प्रदान गर्दै आएको थियो ।
कोरोनाका कारण फुटबलमा धेरै असर परेकाले कुनै पनि खेलाडी अवार्ड नदिइने फ्रान्स फुटबलको प्रमुख सम्पादक पास्कल फेरेले पुष्टि गरेका छन् ।
बालोन डि’ओर बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् । त्यस्तै क्रिस्टियानो रोनाल्डोले ५ पटक उक्त अवार्ड जितेका छन् ।





