कोरोनाको कहरले महिला र बालबालीकामा परेका असरहरु

कोरोना कहरले निम्तयाएको बन्दाबन्दीमा पनि एउटा परिवार देखी राष्ट्रिय, अन्तराष्ट्रिय स्तरसम्म महिला तथा बालबालिका नै बढी प्रभावित भएका छन ।
लेखक भगवती पुडासैनी जिसस मकवानपुरका उपप्रमुख
२४ असार २०७७, बुधबार १७:३५

अहिले विश्वमा हातहतीयार भएका हरेक हिसाबले सम्पन्न शिक्षीत, समृद्ध, धनी र ठुला मानिएका राष्ट्रहरुलाई पनि यो कोरोना नामक अदृष्य जिवाणुले आतङ्कित बनायो । हातहतीयार धन सम्पती जे जे भएपनी आखीर कोरोनाको कहर संग विश्वनै खुम्चिनु परेको अवस्था छ । कोरोनाले एकै पटक विश्वभरका मानव जाती सबैलाई भूमिगत हुन वाध्य गरायो । राष्ट्रिय अन्तराष्ट्रिय सबै उडान, यातायात ठप्प गरायो । एकै पटक संसारभर फ्यक्ट्रि, कलकारखानाहरु सबै बन्द भयो मुलुकमा आर्थिकमन्धी र भोकमरी फैलिने त्रास बढ्दै गयो ।

राज्यमा जब जब यस्ता संकट आई पर्छ तब तब महिला तथा बालबालिका नै बढी प्रभावित र समस्यामा परेका हुन्छन भन्ने यथार्थ र सत्यतालाई कसैले नकार्न सक्दैन । जब परिवार, समाज वा राज्य संकटमा पर्छ तब त्यसको प्रत्यक्ष मारमा बालबालिका र महिला नै परेका हुन्छन । अहिले कोरोना कहरले निम्तयाएको बन्दाबन्दीमा पनि एउटा परिवार देखी राष्ट्रिय, अन्तराष्ट्रिय स्तरसम्म महिला तथा बालबालिका नै बढी प्रभावित भएका छन ।

जब लकडाउन तोकियो सबैको गन्तव्य रोकियो । जो जहाँ थिए त्यही रोकिन वाध्य भए तर मजदुर र विपन्न पाखुरासंग छाक साटेर परिवार पाल्नेहरु धेरैदिन रोकीन सकेनन् । हजारौं माईलको बाटो, हजारौं डाँडा, खोला र खोल्सीहरु काट्दै आफ्नै गृहजिल्ला आफनै प्यारो घर फर्किन थाले जुन दृष्य कहाली लाग्दो थियो । के गर्भवती के सुत्केरी के महिनावारीको पिडा सबै महिलाहरु काखमा आफ्ना सन्तान च्याप्दै पिठिउँमा कुम्लो कुटुरो बोकेर भोको पेटमा पटुकी कसेर कोही पुर्व त कोही सुदुर पश्चिमसम्म हजारौं माईलको बाटो हिडेको अस्त व्यस्त र अत्यास लाग्दो दृष्य थियो । कोही सहयोगी मनहरुले सहयोग गरे धरैले टुलु टुलु हेरर मन दुखाउँन भन्दा केही गर्न सकिएन ।

जंगल, बाटोघाटो लालाबाला देखी यूवा वृद्ध सबै भोक,प्यास थकाईले लखतरान परेको दृष्य कम्ती पिडादाई थिएन । हुनेले बिच बाटोमै जे छ त्यही बनाई तुल्याई बालबच्चालाई खुवाउदै हिड्को देखियो । सन्तान हुर्काई बढाईको जिम्मेवारी प्राकृतिक वा सामाजिक कारणले बाबुको भन्दा आमाकै भूमिका अलि बढी नै हुन्छ । किन की बनाई तुल्याई खुवाउने र स्यहार सुसार गर्ने आमाको दैनिकी जस्तै हो जहाँ गयो त्यतै पछि लाग्छ ।

यस्तै पिडा उता सिमानाकामा आएर छिर्न नपाएकाहरु जो रात कसरी विताउँने हावाहुरी, असिना र वर्षा लाखुट्टेको टोकाई र आफ्नै शरिरको प्राकृतीक पिडा महिनावरी,गर्भवती र सुत्केरी समेतको भोगाई र महिलाले भोग्नु परेको सामाजिक असूरक्षा यि त भए लकडाउनका कारण घर बाहिर हुने हरुको पिडा ।

अति गभ्मिर र सम्वेदनशिल कुरा हो भन्दा पत्याउननसक्ला तर अहिले धेरै महिलाहरु शारिरीक वा मानशिक हिंसामा तड्पी रहेका छन् । यसरी घर छोडेर रोजगारको शिल्सिलामा बाहिर बसेकाहरु अहिले ठुलै चहाड पर्वमा झैं आफ्नो सपरिवा घरमा जम्मा हुन पाउँदा कसलाई खुसी लाग्दैन र? तर महिलाहरुका लागी यो खुसी संगैआँसु मिसीएको खबर सुन्न पर्दा दुख लाग्छ । आफुले बनाई तुल्याई खुवाएको खानाले आफैं हिसाको शिकार बन्दैछन भन्ने खबर आउन थालेको छ। कयौं घरमा बुढा बा आमा मात्रै गाउँमा बसेर दःुख गरेर संचित गरेको रासन बाहिर बसेका परिवार थपिदा लकडाउनमा घरमा भएको अन्नपात सकिने, बढेका बाख्रा कुखुरापनि सकिने घरको गर्जो टार्न जोहो गरेर राखेका सबै कुरा रित्तिने र तिनै मिठो मसिनो परिकारले महिलाहरु हिंसाको शिकार हुनु कत्तिको सान्धर्विकता होला ।

भन्न मिल्छ वा मिल्दैन यो नितान्त श्रीमान श्रीमती बिचको आन्तरीक मामिला हो । अहिले महिलाहरुले भोगेको सबै भन्दा पिडा असुक्षित यौन सम्पर्क र अनिक्षित गर्भधारण हो । संन्तानको रहर पुगेकाहरु पनि स्वास्थ तथा परिवार नियोजनको सेवा लिन नमिल्दा यो समस्यामा परेका छन । आफ्नो शरिर माथि आफ्नो निर्णय नहुनु ले महिला दःुखिद छन् । लकडाउले निम्त्याएको कयौं महिलाको वेदना । स्वास्थ परिक्षण गर्न कठिन छ, अस्थाई साधनहरुको प्रयोगका लागी गाउँघर क्लिनिकहरु नचल्दा अस्थाई साधनको ठुलै अभाव छ । कयौं पुरुषहरुले महिलाका प्रजनन् पिडा नबुझ्दा र महिलाको आफ्नो शरिर माथी आफ्नो नियन्त्रण र निर्णय नभएकै कारण कतिपयमहिलाहरु यस ममिलामा निकै पिडीत हुने गर्छन ।यो त बैवाहिक जिवन चक्रमा महिलामा आईपर्ने समस्या ।

अझै पिडा सिमानाकामा आएर आफ्नो देश हेर्दै घर बालबच्चा सम्झदैधर्तिलाई ओक्षान र आकाशलाई ओड्ने बनाएर खुल्ला आकाश मुनी बस्न वाध्य ति महिलाहरुका कथा रोदन र चितकार कति होलान ? खै हामीले त्यो पिडाकोमहसुस सम्म गर्न सकेका छैनौ ।स्वास्थ उपचारमा अन्य विरामी सजिलै सामाधान होला तर महिलाका लागी सबै भन्दा संवेदनशिल र जोखिम प्रजनन् स्वास्थ नै हो । यो अवस्थामा कयौं महिलाहरु गर्भवती सुत्केरी समस्यामा होलान यो प्रकृतीक नियम नै हो यसमा रोक्न छेक्न सकिदैन र आखिर व्यवस्थापन गर्नै पर्छ तर अरु बेलामा भन्दा निकै कठिन छ ।

सिमा नाकामा आएर आफ्नो देश तथा गृहजिल्ला प्रवेशको माँग गर्दै हजारौंको संख्यामा अलपत्र यात्रुहरु सरकारको सकारात्मक निर्णयलाई लामो समय सम्म पर्खिएर अहिले क्रमस छिमेकी राष्ट्र भारत र अन्य मुलुक बाट आफ्नु प्यारो मातृभूमि प्रवेश गर्दैछन । प्यारो मातृभूमिमा संन्तान सुखमा जिवन जिउने सपनना बोकेर आएका हजारौ नेपालीहरु वर्तमान समय र परिस्थीको सामान गर्न वाध्य भएर स्वदेश आएका हुन ।

विदेशि भूमिमा रगत र पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गरेर जिवन निर्वाह गर्ने ठुलो सपना बोकेर आएकाहरुलाई अहिले गाउँ वा शहर शिक्षीत र सचेत घरपरिवार समाजले नै माया ममता स्नेह भन्दा धमिलो व्यवहार गरेको समाचारले हाम्रो पनि मन कुडिएको छ । अन्तराष्ट्रिय स्तर देखी दुःख र हण्डर खाँदै मात्रीभूमिमा आईपुगेका उनिहरुले माया र सदभाव नपाउँदा मन दुखाउनु स्वभाविक नै हो । स्वदेश फिर्ता हुनेहरु पनि कोरोना सुरक्षा र सतर्कता अपनाउँदै राज्यको नियमलाई आफ्नो कर्तव्य सम्झि पुरा गरेर गृह जिल्ला प्रवेश गर्दैछन् ।
यसरी रात साँझ गृहजिल्ला प्रवेश गर्नेहरुलाई संम्वन्धित पालिकाले जिम्मा नलिउन्जेल सम्म आरामसंग बस्नका लागी खाना, खाजा, तातोपानी र बेड विस्तराको व्यवस्था सहित जिल्ला समन्वय समितीको समन्वय र सहजिकरणमा विभिन्न संघ संस्थाहरुको सहयोगमा व्यवस्थीत विश्राम कक्ष (होल्डीङ्ग सेन्टर)संचालन गरेका छौ । सेन्टरमा भोक, निन्द्रा, थकाई केही नभनी मध्ये रातमा समेत प्रणामी सेवा समाझले तातो खाना बनाएर खुवाउनु भएको छ । सबै पालिकाले क्वारेन्टईनमा राख्ने र परिवार संग जोडिने बन्दो वस्त मिलाएका छन् । यसरी होल्डीङ्ग सेन्टरमा बसेर सेवा लिनेहरुको संख्या लगभग २०० भन्दा बढी भैसकेका छन् । यसलाई व्यवस्थित गर्न स्थानिय सरकार र सबै संघ संस्थाहरुको सहयोग र समन्वयलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

(लेखक भगवती पुडासैनी जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख हुनुहुन्छ ।)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*