‘सन्तान’ सजिलोको लागि आमालाई आश्रम राख्छन् तर ‘आमा’ पिठ्युमा भारीसंगै बोक्दै सन्तान हुर्काउछिन् ।

मञ्जरी बलामी
बैशाख २८, २०७८

आज मलाई मेरी आमाको असाध्यै याद आएको छ । म हेर्छु सामाजिक सञ्जालका भित्ताहरु र देख्छु हजारौँ आमाका तस्विरहरु, पोष्ट्याएका छन् ति सन्तानहरुले आज मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन हो भन्दै ।

म हेर्छु सबै सबै तस्विर जुन पोष्टिएको छ सन्तानको फेसबुकमा, देख्छु नेपाल आमाका तमाम रुपहरु र सम्झिन्छु म मेरी आमालाई । कत्ति पनि फरक पाउँदिन म मेरी आमा र ति फेसबुकमा देखेको आमाहरुको तस्विरहरुमा । सबै उस्तै ममतामयी छन् । माया र स्नेहले भरिपूर्ण छन् उनका आँखाहरु, सुन्दर र निश्चल छन् मेरी आमाको मन यो प्रकृति जस्तै ।

म सम्झिरहेकी छु मेरी आमालाई, उहाँको स्पर्श पाईरहेकी छु यो प्रकृतिमा । म देखि रहेछु निश्चल मेरी आमाको माया बगिरहेको छ यो नदि र खोलाहरुमा । अटल भै जमिरहेको छ सन्तानको लागि सरोवर, ताल अर्थात समुन्द्र सरी मेरी आमाको माया । अहँ कत्ति कन्जुस्याई गर्दै गर्नुहुन्न, सबै सन्तानलाई बराबर रुझाउछिन् ममताको झरीले । कतै छहारी, कतै शितल र कतै न्यानो स्नेह पाउँछु म ।

मेरो प्यासमा क्लक क्लक्लक गदै पिलाउँछिन् र भोकको लागि मानो छरी मुरी उब्जाउछिन मेरी आमा । कत्ति फरक पाउँदिन म यो प्रकृति भन्दा मेरी आमा ।

९ महिनाको कष्ट सहेर मृत्युको मुख सम्म पुुग्ने प्रसव पीडा सहि आशाको किरण स्वरुप जन्माउछिन सन्तान । धर्तीमा टेकाउन, बोली फुटाउन र बचाउन अनेक गर्छिन आमा । उहाँ पहिलो पटक औधि खुशी हुन्छिन्, जव आफ्नो सन्तानले आफ्नो हात समाई पाइला सार्न खोज्छ, बोल्न खोज्छ ।

आफु भोक्कै बसेर पनि पसिनाको धारा बगाउँदै सन्तानको पेट भर्छिन आमा । अकालबाट बचाउँदै जवान बनाउँछिन्, संसारको हरेक चिज चिनाउछिन्, जानेजति सबै सिकाउँछिन् । साहारा दिन्छिन्, ओत दिन्छिन्, भोगमरी लाग्न दिदैनन्, रुन पटकक्कै दिन्नन्, सन्तानको हरेक पीडामा साथ दिन्छिन । यो के होर? त्यो के हो? किन यस्तो भएकोरु कहाँ, किनरु कसरी रु कस्तोरु कतिरु कहिलेरु पत्रकारितामा प्रयोग हुने ५ डब्लु १ एच त मैले सानैमा आमासँग प्रयोग गरेकी थिए । नचिनेका, नबुझेका कुराहरु आमालाई सोध्छु, म प्रश्नमा प्रश्न थप्दै गर्छु तर मेरी आमा पटक्कै दिक्क नमानी जवाफ दिइरहन्छिन् । आमाको जवाफ पाईरहँदा लाग्छ मेरी आमा मलाई संसार कै जान्ने मान्छे बनाउन चाहनुहुन्छ ।

आमाको सन्तानप्रति असिमित चाहना हुदैन । सिर्फ मेरो सन्तान सहि बाटोमा लागोस्, नाम राखोस्, ठुलो मान्छे बनोस् र जुन ठाउँमा पुुगेपनि घरपरिवारलाई सम्झिएर फर्कियोस् । बस यति चाहना हामीले कहिल्यै बुुझ्न खोज्दैनौ ।
आफु बलियो भएपछि त्यहि साहारालाई बेसाहारा बनाउन तत्पर हुन्छौ हामी । टाढिन्छौ परिवारबाट, यतिसम्मकी चाडको बेला आउने पाहुँना मात्र होइन चिनजान नभएको परदेशी जस्तै बनिदिन्छौ ।

अहिले पनि धेरै आमाहरु आश्रममा छिन् । ति सन्तानको माया पाएर आश्रम पुुगेका हुन त रु सन्तानको सजिलोको लागि आश्रम राख्छन् तर मेरी आमाले पिठ्युमा भारी बोक्दै पनि मलाई काखमा बोक्नुहुन्थ्यो । यदि सजिलो खोज्ने हो त मेरी आमाले मलाई आश्रममा राख्न कुनै बाहाना चाहिन्थ्यो र रु मलाई अझै याद मेरी आमाले जंगलमा पत्कर लिन जाँदा मलाई डोकोमा राखेर लानु हुन्थ्यो । जंगलमा पतकर सोहरुन्जेल खानेकुरा दिएर डोकोभित्र बसाउनु हुन्थ्यो र फकिँदा भारी सँगै मलाई पनि बोकेर ल्याउनु हुन्थ्यो । बिरामी हुँदा रातभर मेरै ख्याल गर्नु हुन्थ्यो । मेरो पेट नअघाए सम्म मेरी आमालाई भोक लाग्दैन थ्यो ।

खै कसरी बयान गर्न सकुँला र म मेरी आमाको ममता । मेरी आमाको त्याग । मलाई ठुलो मान्छे बनाउन दुख गरी एस।एल।सी सम्म जसरी नी पढाउने अठोट गरी पढाउनु भयो । मलाई सफलता दिलाउन दिनरात खट्नु भयो ।

मेरी आमाले दैनिक गर्ने कामहरु मैले गर्ने हो भने म दिक्क हुन्थ्ये होला, शोषण गरेको अनुुभव हुन्थ्यो होला तर मेरी आमाले सबै सहेर बस्नुभयो । मलाई जिम्मेवार बनाउन आफु जिम्मेवार हुनुभयो । के रहर होला र सारा काम गर्न आमालाई रु सबै छोडेर छुट्टै संसारमा जिउन सक्नहुन्थ्यो नी । संसारमा कति आमा त्यस्ता पनि त छन् । सन्तानको भविष्य प्रति जिम्मेवार नहुने । तर मेरी आमाले त्यस्तो गर्नुभएन । मेरो लागि त्याग गनुभयो ।

मैले कार्यशिलशिलामा धेरै धेरै आमाहरुलाई भेटेकी छुु । भन्छन् जन्म दिने आमा भन्दा कर्म दिने आमा महान हुन तर मेरो लागि सबै सबै आमाहरु उत्तिकै महान हुनहुन्छ । जब जन्म दिने आमाले मलाई यो धर्तिमा जन्म नदिनु भएको भए कर्मदिने आमाले कर्म दिने जिम्मेवारी नै कसरी पाउनुहुन्थ्यो र ?

मैले जीवनमा धेरै आमाहरुको माया पाएकी छु । यस अर्थ म गर्व गर्छु किनकी उमेरले ८०र९० दशक काटिसकेका आमाहरुले समेत यो मनलाई विश्वास गर्नुहुन्छ । म प्रति केही आशा राख्नुहुन्छ ।

सरकारले फाँसीको सजाय दिन सक्ने गल्तीमा पनि आमाले माफि दिन सक्छिन् । सन्तानले केही प्रगति नगरोस् तर सन्तान आफ्नो साथमा हुँदा निक्कै खुशी हुन सक्छिन । आफु चुलो चौकाबाट बाहिरा जान नपाओस् तर सन्तानलाई संसारको हरेक ठाउँ घुम्न पठाउछिन । ठुल्लै बिपती आएपनि आफ्नो ज्यान जोखिममा राखेर सन्तानलाई बचाउछिन ।

सानो चाँडमा पनि एक गाँस मिठो खानेबेलामा सन्तानको साथ चाहन्छिन र सम्झिन्छिन । मेरी आमा । यो जुनीभर मैले शब्दकोषका सबै अक्षर प्रयोग गरेपनि आमाको ममता र त्यागको बयान गर्न बिल्कुलै सक्दिन ।

आमाको स्वरुप धेरै छन्, आमा, ममि, हजुरआमा, बज्यै, ठुलीआमा, सानीआमा, रगतको नाता र भावनाको नाता भएको आमा, मितिनी आमा, सासुआमा, साथीको आमा पनि आमा सबै आमा नै हुन । यी सबै आमाहरुको माया, ममता, सहयोग र आशिर्वादले नै सन्तानको जीवन सफल र सुखी हुन्छ ।

आमालाई एक दिन मात्र सम्झिने र माया गर्ने पटक्कै होइन । आमाले सानोमा हामीलाई स्याहारे झै, हामीले व्यवहार गर्न सक्नुपर्छ । अहिले सन्तान अलि जान्ने हुँदा आमा नजान्ने, अनपढ, गवार, अबुुझ, फोहोरी, नराम्री।।।।।।।।।। यस्तै लाग्न सक्छ । तर सम्झिनुस्, तपाईलाई सरसफाई गर्ने, स्याहार्ने, सिकाउने, बुुझाउने पहिलो गुरु नै आमा हो । सन्तान बोल्नै नजान्दा पनि मनको कुरा बुुझेर प्यासमा पानी, भोकमा खाना दिने र दिसा र पिसाब गराउने आमा नै हुन् ।

यो भन्दा जान्ने कुन चै ज्योतिष हुन्छ रु कुन वैज्ञानिक हुन्छ रु मेरी आमा मेरो हरेक दुख बुुझ्न सक्नुहुन्छ, हरेक फिलिङ्सलाई महसुस गर्नसक्छिन् । र मेरो हरेक इच्छा पुरा गर्न सक्छिन् ।

अहिले ठुली हुँदा आमाको फिलिङ्सलाई सन्तानले बुुझ्न नसक्ने भयो भने त्यो सन्तान भन्दा अबुुझ को हुन सक्ला रु
आज मातातीर्थ औँशी भएकाले मैले मेरी आमालाई सम्झिँदै केही शब्द लेख्ने प्रयास मात्र गरेकी हु । मलाई जन्मदिने, कर्मदिने, विश्वास गर्ने मेरी आमाहरु सबैलाई म हृदय देखि नमन गर्दछु । कुनैपनी आमाहरुले आफ्नै सन्तानबाट हेला सहनु नपरोस्, यो मातातिर्थ औंशीको सम्पुर्ण आमाहरुलाई शुभकामना छ ।

मलाई जन्मदिने आमा सकुशल हुुनुहुुन्छ तर पनि आजको दिनमा मैले भेट्न सकिन । अघिल्लो ३ सालको आमाको मुख हेर्ने दिनमा पनि मेरी आमालाई भेट्न पाईन मैले, काम विशेष र विशेष परिस्थितिले गर्दा, म आमालाई फोनमा कुरा गर्थे र कार्यस्थल मै रोएर बस्थ्ये । यसपाली पनि कोरोनाको उच्च जोखिमका कारण घर जान सकिन । परिवारलाई भेट्न जाँदा कोरोनाको संक्रमण पनि म सँगै जान सक्छ र मेरो परिवार पनि संक्रमणमा पर्न सक्छ ।

आमाको मुख हेर्न औशी नै आउनु पर्छ भन्ने होइन । म मेरी आमालाई सधै हेर्छु, माया गर्छु । सुख दुुखमा साथ दिन्छु । मेरी फुलजस्ती आमालाई हेर्न यो औशीको रात चाहिँदैन । म त्यो पूर्णिमाको दिन हेर्छु । आमाको हरेक दुखको क्षणमा हेर्छु र प्यारी सन्तानको जिम्मेवारी पुरा गर्छु । ३ सय ६५ दिन नै आमालाई मातातीर्थ औँशीको दिनमा दिने माया, ममता, खुवाई, साथ र आत्मियता दिने प्रयास गर्नेछु । सोचेकी छुु अर्को साल, कोरोना, लगायतका विशेष परिस्थिति नआए मेरी आमालाई मातातीर्थ औँशी कै दिन पनि मुख हेर्ने छुु । मिस यु ममि ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*