अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने चेतावनी

छहारी संवाददाता
असार १०, २०७७

वैज्ञानिकले अमेरिकामा फेरि कोरोना महामारीका कारण सङ्क्रमित हुनेको दरमा तिव्रता आउन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी शीर्ष महामारी रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकाको केही प्रान्तमा कोरोना भाइरसका कारण सङ्ंक्रमणमा फेरि तिव्रता आउन सक्ने चेतावनी दिनुभएको हो । डा. फाउचीको नेतृत्वमा स्वास्थ्य विज्ञको एक टोलीले अमेरिकी सरकारलाई कोरोना भाइरसको सङ्क्रमणको दोस्रो चरण सुरु हुन सक्ने भन्दै सचेत गराएका छन् ।

कोरोना भाइरसको दोस्रो चरणको संकट सुरु हुन सक्ने भन्दै स्वास्थ्य विज्ञले कोरोना परीक्षणको दायरा बढाउन पनि सरकारलाई आग्रह गरेका छन् । अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ कोरोना भाइरसका कारण २३ लाख ९० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जसमध्ये एक लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*