आज भलिवल दिवस, औपचारिक कार्यक्रम नहुने

आज भलिबल दिवस, नेपाल भलिबल संघले यस वर्ष कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ ।
नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि संघले जेठ ८ लाई भलिबल दिवसको रुपमा मनाउँदै आएको छ । तर, कोरोना भाईरसको संक्रमण फैलन नदिन मुलुक लकडाउनको अवस्थामा रहेको भन्दै संघले कुनै औपचारिक कार्यक्रम नगर्ने जानकारी दिएको हो ।
संघका महासचिब जितेन्द्र बहादुर चन्दले कोरोनाको कारणले अहिले कुनै कार्यक्रम गर्ने अवस्था नरहेको जानकारी दिनुभयो । सरकारले भलिबललाई २०७४ साल जेठ ८ गते राष्ट्रिय खेलको मान्यता दिएको थियो ।





