आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित 

छहारी संवाददाता
बैशाख ३१, २०७७

कोरोना भाईरसको महामारीको कारण श्रीलंकामा तय भएको आईसीसी महिला विश्वकप छनोट प्रतियोगिता स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हिजोे जुलाईमा तय भएको महिला विश्वकप छनोट स्थगित गरिएको जनाएको छ । सन् २०२१ मा न्युजिल्याण्डमा आयोजना हुने विश्वकपका लागि छनोट खेल जुलाई ३ देखि १९ सम्म हुने तालिका रहेको थियो ।

छनोटमा आयोजक श्रीलंकासँगै बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस, पाकिस्तान, पपुवा न्युगिनी, थाइल्याण्ड, अमेरिका, वेष्ट इण्डिज र जिम्बावेको सहभागिता रहने तालिका रहेको थियो, सीआईएनमा खबर छ ।

उक्त छनोटबाट तीन टोलीले विश्वकपमा स्थान बनाउने छन् । यस्तै आईसीसीले यू–१९ विश्वकपका लागि युरोपियन छनोट समेत स्थगित गरिएको जनाएको छ । सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट डेनमार्कमा हुने तय थियो ।

छनोट खेल जुलाई २४ देखि ३० सम्म हुने बताईएको थियो । कोरोनाको कारण आईसीसीले यसअघि पुरुषको टेष्ट च्याम्पियनसिप, विश्व क्रिकेट लिगसहित अन्य ठुला प्रतियोगिता स्थगित गरिसकेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*