यस वर्ष ‘एन्फा दिवस’ नमनाइने

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्ष ‘एन्फा दिवस’ नमनाउने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) का कारण एन्फाले वार्षिक रुपमा मनाउँदै आएको ‘एन्फा दिवस’ यस वर्ष नमनाउने भएको हो । एन्फाले गत वर्षबाट वैशाख २२ गतेलाई एन्फा दिवसको रुपमा मनाउन थालेको थियो ।
क्यालेन्डरमा समावेश गर्दै वार्षिक रुपमा एन्फा दिवस मनाउने बताएको एन्फाले कोरोनाको कारण यस पटक रोकिने जनाएको छ ।





