जर्मन कपको फाईनल अनिश्चितकालका लागि स्थगित 

छहारी संवाददाता
बैशाख १३, २०७७

जर्मन कप फुटबल प्रतियोगिताको फाईनल अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना भाईरसको संक्रमणको कारण देखाउँदै प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरिएको हो ।

प्रतियोगिता अब बन्द रंगशालामा सञ्चालन हुन सक्ने सम्भावना छ । जर्मन फुटबल महासंघले प्रतियोगिताको फाईनल मे २३ मा सञ्चालन गर्ने तय गरेको थियो । महासंघका अध्यक्ष फ्रिट्ज केलेरले संकटको अवस्थामा महत्वपूर्ण खेल दर्शक बिना बन्द रंगशालामा हुने सम्भावना रहेको बताउनुभयो ।

महामारीको रुपमा फैलिएको कोरोनाका कारण सेमिफाईनलको खेल समेत स्थगित गरिएको थियो । सेमिफाईनलको खेल यसै साता सञ्चालन गर्ने पूर्व निर्धारित तालिका थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*