अब महिला युरो कप सन् २०२२ को जुलाईमा

महिला युरो कप एक वर्षपछि सरेको छ । युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो ।
कोरोना भाइरस ९कोभिड १९० को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो, उज्यालो अनलाइनमा खबर छ ।
युरोपेली देशका महिला फुटबल टिमको मुख्य प्रतियोगिता युरो कप अब सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुनेछ । महिला युरो कप सार्नुको मुख्य कारण टोकियो ओलम्पिक पनि हो । सन् २०२१ मा हुने टोकियो ओलम्पिकमा इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन छनोट भएका छन् ।





