क्यानडामा प्रहरीको भेष गरी एक व्यक्तिद्वारा १६ जनाको हत्या 

छहारी संवाददाता
बैशाख ८, २०७७

क्यानडाको नोभा स्कोटिया प्रान्तमा प्रहरीको भेषमा हिँडेका एक सशस्त्र व्यक्तिले गोली चलाउँदा एक महिला प्रहरीसहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

बाह्र घण्टा लामो घटनामा ती आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार राति गोली चल्न थालेपछि सुरक्षाका कारण दुर्गम नगर पोर्टपिकका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो, बीबीसीमा खबर छ।

प्रहरीका अनुसार ती आक्रमणकारीले प्रहरीको जस्तो देखिने एउटा कार प्रयोग गरेका थिए र उक्त कारलाई पछ्याउन थालिएको थियो। ती आक्रमणकारीले नोभा स्कोटियाका विभिन्न स्थानमा मानिसहरूलाई गोली हानेको हुनाले हताहत हुने सङ्ख्या अझै स्पष्ट हुन बाँकी भएको प्रहरीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*