कोरोनाको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक सफल हुन कठिन 

छहारी संवाददाता
बैशाख ७, २०७७

कोरोना भाइरसको भ्याक्सिन अर्थात् खोप पत्ता नलागेसम्म २०२१ मा हुने टोकियो ओलम्पिक सफल हुन कठिन रहेको बैज्ञानिकहरुले बताएका छन । यही जुलाईको अन्तिम र अगष्टको पहिलो साता हुने भनिएको टोकियो ओलम्पिक कोराना भाइरसका कारण एक वर्षपछाडि धकेलिएको छ ।

अन्तराष्ट्रिय दवावका कारण आइओसी र जापानले टोकियो ओलम्पिक २०२१ मा सारेको हो, सीआईएनले लेखेको छ । तर उपयुक्त भ्याक्सिन पत्ता नलागे सो समयमा पनि ओलम्पिक हुन निकै कठिन रहेको विभिन्न बैज्ञानिकहरुले बताएका छन् ।

युनिभर्सिटी अफ इडनेबर्गका प्राध्यापक देभी श्रीधरले  कोरोनाको भ्याक्सिन आउन समय लाग्ने बताउनुभएको हो । दीर्घकालिन भ्याक्सिन चाँडै आए राम्रो खेलका लागि सजिलो हुने उहाँ बताउनुहुन्छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*