कोरोना अपडेटः भारतमा एक्कै परिवारका ३१ जनामा संक्रमण, अहिलेसम्म ४८८ जनाको मृत्यु

छहारी संवाददाता
बैशाख ७, २०७७

भारतमा कोरोना भाइरस कोभिड १९ बाट एकै परिवारका ३१ जना संक्रमित फेला परेका छन् । आज बेलुकी प्राप्त जानकारी अनुसार एकै परिवारका ३१ जनामा संक्रमण  भेटिएको हो ।

यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि १४ हजार ७ सय ९२ पुगेको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय एक जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित यो प्रान्तमा अहिलेसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन् ।  

भारतको उत्तर प्रदेशमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने आठ सय ४९ जनामा यसको संक्रमण देखिएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*