भारतमा आजबाट जनता कर्फ्यु लागू

छहारी संवाददाता
चैत्र ९, २०७६

कोरोना भाइरसलाई लिएर सावधानी अपनाउँदै भारतमा आजबाट जनता कफ्र्यू लागू भएको छ ।

बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कफ्र्यू जारी रहने छ । भारतमा फैलँदै गएको कोरोना भाइरसलाई फैलन नदिन आजबाट नागरिकलाई घरमै बस्न र बाहिर ननिस्कन भन्दै जनता कफ्र्यू लगाइएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कर्फ्यू लगाउने घोषणा गर्नुभएको हो । जनता कर्फ्यूको क्रममा आफूलाई आफ्नै घरमा सुरक्षित तरिकाले राख्न र मुलुकमा संक्रमण फैलन निदन आग्रह गरिएको छ ।

यस्तै आजबाट भारतका अत्यावश्यक बाहेकका सेवापनि बन्द गरिनेछ । भारतमा अहिलेसम्म ३ सय २८ जना कोरोनाका कारण संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*