एसीसी टी २० इस्टर्न रिजन क्रिकेटमा मलेसियासंग नेपालको हार
एसीसी टी २० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ ।
मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी २० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । आज बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो ।
१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । यसैबीच, सन्दीप लामिछाने ट्वान्टी २० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।
आज इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत मलेसियाविरुद्ध तीन विकेट लिँदै सन्दिपले सय विकेट पूरा गर्नुभएको हो ।





