बी डिभिजनमा खुमलटारको जित

खुमलटार युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित हासिल गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार १० खेलाडीमा सिमित रानीपोखरी कर्नर टिम आरसीटीलाई ३ ० गोल अन्तरले पराजित गर्दै खुमलटार लगातार दोस्रो जित निकालेको हो । खुमलटारको जितमा सबिन केसीले दुई गोल गर्नुभयो भने महेश राईले थप एक गोल गर्नुभयो ।
जितसँगै खुमलटारले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा खुमलटारले मध्यपुर युथ एसोसियसनलाई १ ० गोल अन्तरले पराजित गरेको थियो । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।





