तेस्रो बागमती गोल्डकपको उपाधी जावलाखेललाई

छहारी संवाददाता
फाल्गुन ११, २०७६

तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले जितेको छ ।

आज भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १-० गोलले पराजित गर्दै जावलाखेलले उपाधी उचालेको हो ।

जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियरले गरेको एक मात्र गोल नै जावलाखेलका लागि भाग्यशाली सावित भयो । पहिलो हाफ गोल रहित भएको खेलामा ड्याडी जुनियरले खेलको दोस्रो हाफको चौथो मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन । 

हिजो भएको दोस्रो सेमिफाईनल खेलमा संकटा क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेलले फाईनलमा हिमालयनसंगको भेट पक्का गरेको थियो । 
जितसंगै जावलाखेलले ६ लाख नगद सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको हिमालयनले लाख सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडी ५० हजार नगद प्राप्त गरेका छन् । उत्कृष्ट गोलरक्षक फरवार्ड मिडफिल्डर डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गरेका छन् । 

गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्ने वयवस्था मिलाइएको थियो । पहिलो बागमती गोल्ड कपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*