बागमती गोल्डकप: आयोजक र च्यासल युवा क्लब सोमबार भिड्ने

बागमती गोल्डकप फुटबल अन्तरगत आज भएकोे खेलमा मकवानपुर क्लब विजयी भएको छ ।
नवजन जागृती युवा क्लब सिमरालाई ०–४ गोल अन्तरले पछाडि पार्दै मकवानपुर विजयी भएको हो । जितसँगै अव डाँफेले सेमिफाइनल प्रवेशको लागि जावलाखेल युवा क्लब संगको भेट पक्का गरेको छ ।
खेलको ४० औं मिनेटमा मकवानपुरको तर्फबाट विश्व अधिकारीले गोल गरेका थिए । यसैगरी मकवानपुरबाट खेलिरहेका युवा स्ट्राइकर प्रिजेन तामाङले ४४ औं मिनेटमा दोस्रो गोल गरे । उनले सिमराका गोलरक्षक सुवास बलले गरेको गल्तीको फाइदा उठाउदै गोल गरेका थिए ।
खेलको ७० औं मिनेटमा मकवानपुरको तर्फबाट हिसुब थपलियाले तेस्रो गोल गरे । उनले कृष्ण लामाको क्रसमा गोल गरेका थिए । खेलको ९१ औं मिनेटमा रविन स्याङ्तानले चौथो गोल गरे ।
खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत् सोमबार भोलि आयोजक बागमती खेलकुद विकास समिति र च्यासल युवा क्लबबीच खेल हुनेछ । प्रतियोगिता फागुन १२ गते सकिनेछ ।
गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छा् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ ।
प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीले ५ हजार नगद प्राप्त गर्ने छन्। पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।





