आईसीसी विश्व क्रिकेट लिग २ आजबाट सुरु

आईसीसी विश्व क्रिकेट लिग २ आजबाट सुरु हुँदैछ । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
एकदिवसीय क्रिकेटको मान्यता पाएको झण्डै दुई वर्षपछि नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानसग ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यी दुई देश बीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । पछिल्ला दुई महिनादेखि ५० ओभरको क्रिकेट खेल्न नपाएको नेपाललाई अनुभवको खडेरी पर्न सक्छ ।
दुई बर्ष अघि नेपालले युएईमा ऐतिहासिक सिरिज खेल्दै उपाधि हात पारेको थियो । त्यसयता नेपालले आधिकारिक ५० ओभरको क्रिकेट खेलेको छैन ।
नेपालले एक दिवसीय क्रिकेटको पछिल्लो सात वर्षमा ओमानलाई पराजित गर्न सकेको छैन् । कीर्तिपुर मैदानमा हुने सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई दुई वटा खेल खेल्नेछ । सीआईएन





