सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज पनि दुई खेल हुने

छहारी संवाददाता
माघ २०, २०७६

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दशौं चरणको खेलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जावला खेल र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यी दुई टोलीबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । जावलाखेल तीन जित, तीन बराबरी र तीन हारका साथ १२ अङ्क सहित आठौं स्थानमा छ ।

ब्रिगेड ब्वाइज क्लब भने आठ अङ्क सहित एघारौं स्थानमा छ । रेलिगेसनबाट जोगिनका लागि ब्रिगेड ब्वाइजलाई तीन अङ्क महत्वपूर्ण हुनेछ ।

यस्तै आजै हुने अर्को खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स मैदानमै हुने दोस्रो खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

लिगमा मनाङ मस्र्याङ्दी १९ अङ्क सहित तेस्रो स्थानमा छ । आज जित निकाल्दै मनाङ उपाधिको प्रतिष्पर्धा कायम राख्ने लक्ष्यमा हुनेछ । लिगको शीर्ष स्थानमा रहेको त्रिभूवन आर्मी क्लबको २३ अङ्क छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*