१३ औं दक्षिण एसियाली खेलकुद साग विजेतालाई नगद सहित सम्मान

हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरले आज एक समारोहका विच १३ औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई नगद सहित पुरस्कृत गरेको छ ।
मकवानपुर जिल्लाबाट सागमा विजेताहरुलाई सम्मानका साथ पुरस्कृत गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
उपमहानगरपालिकाले स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य विजेतालाई ५० हजार नगद सहित पुरस्कृत गरेको मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहानगरपालिकाले उसुका प्रशिक्षकलाई २५ हजार र अरु प्रशिक्षकलाई ७ हजारका दरले पुरस्कृत गरेको हो ।
यसैगरी जिल्ला समन्वय समिति मकवानपुरले स्वर्ण विजेतालाई २५ हजार, रजत विजेतालाई २० हजार र काश्य विजेतालाई १५ हजार सहित पुरस्कृत गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वताउनुभयो । यसैगरी प्रशिक्षकलाई ५ हजारका दरले पुरस्कृत गरिएको छ ।
खेलाडीका लागि प्रोत्साहन गर्ने उदेश्यले पुरस्कृत गरिएको उहाँले वताउनुभयो । स्थानीय तहले पूर्वाधारका काम संगै विकासको काम खेलकुद पनि रहेको चिनाउने काम गरेको समन्वय प्रमुख खुलालले वताउनुभयो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए ।
करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए । मेयर महतले मकवानपुरे खेलाडीले राम्रो खेलेकोमा वधाइ दिदै पुरस्कृत गरेको वताउनुभयो ।
‘मकवानपुरका खेलाडीको प्रदर्शन अत्यन्त सुखद् देखियो,’ उहाँले खेलक्षेत्र विकासका लागि नगरपालिका लागिरहेको बताउदै खेल विकासका लागि काम गरिने प्रतिवद्धता जनाउनुभयो । मेयर महतले नगरपालिका खेलकुदको दीर्घकालीन विकासका लागि नीतिगत्रुपमा लागिरहेको वताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।





