हेटौंडा भेट्रान्सकपको उद्घाटन खेलमा अमर सिंह युवा क्लब विजयी

छहारी संवाददाता
पुस ३, २०७६

आजबाट सुरु भएको हेटौंडा भेट्रान्सकप ‘एट ए साइड’ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अमर सिंह युवा क्लब विजयी भएको छ ।

हेटौँडा–४ हुप्रा चौरमा भएको खेलमा सिमरा भेट्रान्सलाई २–० को गोल अन्तरले पराजित गर्दै अमर सिंह युवा क्लबले विजयी सुरुवात गरेको हो ।

खेलको ७ औं मिनेटमा विजय गुरुङले पहिलो गोल गर्दै अमरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ औ मिनेटमा हरि लामाले गोल गर्दै अमरको जित सुनिश्चत गरेका हुन् ।

हेटौंडा भेट्रान्स क्लबको आयोजना, हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजन तथा हेटौंडा उपमहानगरपालिका र स्वर्ण भण्डारको सह–प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा हेटौंडा भेट्रान्स रातो, हेटौंडा भेट्रान्स निलो, सानो गौचरण नाईट किङ्ग क्लब, टुसाल भेट्रान्स, बौद्ध, भनिमण्डल भेट्रान्स, बगर भाइ खलक सुपर भेट्रान्स, अमर सिंह युवा क्लब, विरगंज युथ एकेडेमी, चितवन भेट्रान्स निलो, सिमरा भेट्रान्स, कोल्बी भेट्रान्स, कैलाली भेट्रान्स, जोरपाटी भेट्रान्स, बगर भाई क्लब, चितवन भेट्रान्स निलो र बानेश्वर फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी, उत्कृष्ट खेलाडीलाई २० हजार, सम्पुर्ण खेलको म्यान अफ द म्याचलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*