तराई र पहाडबीच सद्‍भाव बढाउने पर्व छठ

छहारी संवाददाता
१५ कार्तिक २०७६, शुक्रबार २१:४४

सरिता दाहाल/ मकवानपुरकी सञ्चारकर्मी संझना घिमिरेको पछिल्लो तीन दिनदेखि व्यस्तता बढेको छ।

सदाभन्दा व्यस्तताको रुप पनि फेरिएको छ। कारण हो छठ पूजाको रौनक। उनी पछिल्लो तीन दिनदेखि आफ्नो सञ्चारकर्मसँगै छठ पूजाको तयारीमा जुटेकी छन्।

सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा विशेषतः तराई समुदायको पर्वको रुपमा मनाउने भनियता पनि पहाडी समुदायमा पनि छठ पूजाको मर्म बाँडिन थालेको छ। पहाडी समुदायले पनि छठपूजा परम्पराकै रुपमा लिन थालेका छन्।

त्यसैले पनि पछिल्लो समय छठ पर्वलाई सामाजिक सद्‍भाव अभिवृद्धि गर्ने पर्वको रुपमा मानिँदै आएको छ। कार्तिक शुक्ल चतुर्थीबाट सुरु भई कार्तिक शुक्ल सप्तमीको विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुने गर्दछ।

‘भाकल पुरा भएपछि छठ पूजा गर्न लागेकी हुँ, सबैपर्वको आ(आफ्नो विशेषता हुन्छ,’ घिमिरेले भनिन्, ‘तराई समूदायसँग पर्व मनाउँदा उनीहरूको सामिप्यता पाए, धेरै खुसी छु।’ छठ पर्वको मनाउँदा नयाँ(नयाँ साथिहरू बनेको उनले बताइन्। छठ पुजामा गर्नुपर्ने विधि उनले तराईबाटै सिकेकी हुन्।

ुकेही सिके अझै धेरै विधि सिक्न बाँकी छ, एकदम उत्साही छु, कतिपय पूजाको विधि र काम त मलाई उहाँहरूले मुख्यदिन सागरमै सिकाउने भन्नुभएको छ,ु घिमिरेले भनिन्। ब्रत अवधिभर गर्न हुने र नहुँने कार्य बारे लिस्ट नै बनाएर दिएको उनले बताइन्। ुतराईबासिबाट यतिधेरै आत्मीयता पाए की जीवनभर भुल्ने छैन,ु घिमिरेले भनिन् ुसाच्चै सामाजिक सद्‍भावको पर्व रहेछ।ु

सञ्‍चारकर्मी घिमिरे जस्तै पहिलो पटक छठ पूजामा सामेल हुँदैछिन हेटौंडा ६ कि सरस्वती ढकाल पनि। मनमा आनन्दसँगै फरक समुदायबीचको घनिष्टताको लागि यो पर्व साह्रै महत्त्वपूर्ण रहेको उनले बताइन्। हेटौंडामा वर्षैसाल पहाडी समुदायको छठ पर्वमा मोह बढेको छठ पर्व समारोह समितिको ठहर छ।

पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व २०६२र०६३ को आन्दोलनपछि पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ। यो पर्व नै यस्तो पर्व हो, जुन अवसरमा पूजाघाटमा गाउँ टोलका नरनारी सबै भेला हुन्छन्। यसले एक–आपसमा नजिकिने मौका दिन्छ।

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुक्रबारबाट सुरू हुने भए पनि त्यअघि गर्नुपर्ने विधिहरू बुधबारबाटै सुरु भएको हेटौंडामा छठ पर्वको व्यवस्थापन गर्दै आएका अजय गुप्ताले बताए।

उनका अनुसार मुख्य विधि अन्तर्गत पहिलो दिन ९बिहीबारचतुर्थी ० को विधिमा अरबा ९अरबाइन० गरिन्छ, जसलाई नहाय अर्थात खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ।

यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ।

‘यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको जोरजाम एक महिना अघीदेखि नै गरिन्छ,’ गुप्ताले भने, ‘छठको पहिलो दिन ९चतुर्थी० व्रतीले भोजनमा माछामासु , लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत वस्न थाल्दछन्।’

पर्वको दोस्रो दिन ९पञ्चमी ० खरना गरिन्छ। तेस्रो दिन ९षष्ठी० गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान –पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ र अपरान्न अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला,केरा, नाङ्गलो,कोनिया, सरबा,ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धाति जलाशयसम्म पुगी सुर्य अस्ताउन्जेलसम्म पुजा आराधना गरी फर्कने गरेको गुप्ताले बताए। उनका अनुसार छठ पर्वको चौथो ९अन्तिम० दिन पार्वण गरिन्छ।

यस दिन विहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन्। अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन रहेको उनले बताए। सूर्यलाई आदिदेवता पनि भनिन्छ। मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ।

सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ।

छठ पर्वलाई पारिवारिक जमघटको पर्वको रुपमा पनि हेरिन्छ। परिवारबाट टाढा बसेकाहरू छठ पर्व मनाउन घर फर्कने गर्दछन्। छठ पर्व पारिवारिक मेल र आत्मियता अभिवृद्धिको अवसरसमेत हुने गर्दछ।

छठ पर्व धार्मिक सँगसँगै जातीय भेदभावविरुद्धको पर्वसमेत रहेको हेटौंडाका धर्म तथा संस्कतिका जानकार रामचन्द्र आचार्य फुर्सदी बताउँछन्। उनका अनुसार यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एकै ठाँउमा पूजा अर्चनाका लागि सामेल हुन्छन्।

जातीय, सामाजिक र सामुदायिक सद्‍भावमा छठको विशेष भूमिका पाइन्छ। छठको सबैभन्दा महत्वपूर्ण पक्ष यसले सबैलाई समाहित गर्छ, सदाचारले आपसी मेलमिलापयुक्त बनाउनु हो । कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वाद स्वरूप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्वीकार्ने यसको विशिष्ट पक्ष मानिन्छ।

छठमा प्रायः महिलाले व्रत वस्छन् भने पुरूषले उनीहरूको पुजा सामग्री भएको ढक्की टाउकामा बोकेर घरबाट जलाशय र जलाशयबाट घरसम्म लाने ल्याउने गर्छन्। साभारः नेपाल न्युज

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*