असोज ११ गते फाईव ए साइड फुटसल प्रतियोगिता हुने

नेपाल लोकतान्त्रीक खेलकुद संघ मकवानपुरले विजय दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा फाईव ए साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संघले आज हेटौडामा पत्रकार सम्मेलन गरी असोज ११ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
हेटौंडा ४ कमलडांडामा रहेको फुटसल मैदानमा हुने प्रतियोगितामा आयोजक नेपाल लोकतान्त्रीक खेलकुद संघ मकवानपुुर, नेपाल प्रेस युनियन मकवानपुर, नेपाल तरुण दल मकवानपुर र नेपाल विद्यार्थी संघ मकवानपुरले सहभागिता जनाउने छन् ।
नेपाली कांग्रेस निकट भातृ संस्था र सुभेच्छुक संस्था बिच शुभकामना आदान प्रदान, भाईचारा तथा मित्रताको विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्नलागिएको प्रतियोगिता संयोजक युवराज लामाले जानकारी दिनुभयो ।
नकाउटको आधारमा हुने खेलको विजेताले १७ किलोको खसीसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १२ किलोको बोका प्राप्त गर्ने प्रतियोगिता संयोजक लामाले बताउनुभयो ।
यस्तै सान्त्वना हुने दुई टिमले ५–५ किलोको कुखुरा पाउने छन् । प्रतियोगिताको लागि करिब ४० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।





