प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा बकैया चार ५–० गोल अन्तरले विजयी 

छहारी संवाददाता
माघ १९, २०७५

पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा वडा नम्बर ४ ले जितेको छ ।

बकैया ४ ले बकैया १ लाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । बकैया ४ लाई जीत दिलाउन अनिल माझीले ह्याट्रिक गरे । 

अनिलले खेलको ५८ र ५९ मिनेटमा लगातार गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे र बकैया ४ लाई समग्रमा ५–० को जित दिलाए । ह्याट्रिक गर्ने अनिल खेलको म्यान अफ द म्याच समेत भए । योसंगै प्रतियोगिताको क्वाटरफाईनल पुग्ने टिमको टुंगो लागेको छ ।

भोली हुने पहिलो क्वाटरफाईनलमा वडा नम्बर १० ले वडा नम्बर ८ तथा दोश्रो खेलमा वडा नम्बर ११ ले वडा नम्बर ३ को सामना गर्ने आयोजक बकैया गाउँपालिका खेलकुद विकास समन्वय समितिका सचिव यादब चौँलागाईले जानकारी दिनुभयो । 

प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वडाहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ७५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद ५० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतिय हुनेले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने सचिव चौँलागाईले बताउनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*