पत्रकार खशोग्गीको हत्या सम्बन्धी श्रव्य सामग्री सुन्नै सकिनः ट्रम्प
-1542600346.jpg)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्गीको हत्याका क्रममा दिइएको चरम यातना सम्बन्धी श्रव्य सामग्री आफूले सुन्नै नसक्ने बताएका छन् ।
अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले लिएको अन्तवार्तामा राष्ट्रपति ट्रम्पले खशोग्गीको हत्यामा दिइएको चरम यातना सम्बन्धी श्रव्य सामग्री बारे आफूले जानकारी लिएको तर सुन्न भने नसक्ने बताएका हुन् ।
उनले कसैलाई यातना दिइएको टेप गरिएको श्रव्य सामग्री कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकाले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठिन मानेको बताए ।
श्रव्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयंकरका भएको उन भनाइ थियो । टर्कीले यी सामग्री अमेरिका, बेलायत लगायत पश्चिमी सहयोगी देशहरुलाई उपलब्ध गराएको थियो ।