सीरियाको गुटामा विद्रोही विरुद्ध सरकारी सेनाको आक्रमण, ७० जना भन्दा बढी मारिए

छहारी संवाददाता
चैत्र २५, २०७४

सीरियाको गुटा क्षेत्रमा विद्रोही विरुद्ध सरकारी सेनाले गरेको आक्रमणमा परी कम्तिमा ७० जनाको ज्यान गएको छ ।

कयौँ घाइते भएका छन् ।  रुसको सहयोगमा सीरियाली सेनाले रासायनीक ग्यास आक्रमण गरेको हो ।

गुटा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको अन्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ । यद्यपी यसको पुष्टि हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले घटनाको अनुगमन गरिरहेको र यस रसायनिक आक्रमणको जिम्मेवारी सीरियालाई सघाइरहेको रुसले लिनुपर्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*