डोलान्ड ट्रम्पद्धारा आगामी निर्वाचनको तयारी शुरु

अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले आगामी निर्वाचनको तयारी शुरु गर्नु भएको छ ।
जिम्मेवारी सम्हालेको पाँच महिनामै आगामी चुनावको तयारी गर्नुलाई असामान्य मानिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ट्रम्पको चुनावी तयारी प्रति तिव्र विरोध समेत सरु भएको छ ।
राष्ट्रपति ट्रम्पले वासिंटनस्थित एक होटलमा सन् २०२० मा हुने चुनावका लागि सहयोग संकलन कार्यक्रम आयोजना गरेको पनि बुझिएको छ । यो कार्यक्रममा सहभागी हुने हरेक व्यक्तिले ३५ हजार डलर सहयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो, जहाँ तीन सयवटा कुर्सीको व्यवस्था गरिएको थियो ।
रिपब्लिकन अधिकारीले यो कार्यक्रमबाट एक करोड डलर सहयोग संकलन गर्ने लक्ष्य राखेका थिए । राष्ट्रपति ट्रम्पले आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीलाई भने प्रवेशमा रोक लागाइएको थियो ।