म्यानमार सेनाको हराइरहेको विमान फेला

विमानको भग्नावशेष आन्डमन सागरमा भेटियो
छहारी संवाददाता
जेष्ठ २५, २०७४

म्यानमार सेनाको हराइरहेको विमानको भग्नावशेष आन्डमन सागरमा फेला परेको छ । बुधबार दिउँसो म्यानमारको दक्षिणी सहर मिइकबाट यांगुनका लागि उडेको वाई–८ एफ–२०० विमान दिउँसो एक बजेर ३५ मिनेटमा आन्डमन सागरमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो । ट्राफिक कन्ट्रोलरसँग विच्छेद भएपछि नौसेनाका जहाजले विमान खोजी गरेका थिए ।
मिइक सहरका पर्यटन व्यवसायी नेइङ लिन जाका अनुसार दक्षिणी मिइकबाट १३६ माइलको दूरीमा रहेको समुद्रमा नौसेनाले दुर्घटनाग्रस्त विमानका टुक्राहरू फेला पारेका हुनर ।
नौसेनाले समुद्रमा खोजीकार्य तीव्र पारेको पनि उनको भनाई छ । विमानभित्र कति यात्रु थिए भन्ने यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन ।
म्यानमारको कमान्डर इन चिफको कार्यालयका अनुसार विमानभित्र चालक दलका १४ सदस्य सहित १०६ यात्रु सवार थिए । यात्रुमध्ये अधिकांश सिपाही र उनीहरूका परिवार रहेको बुझिएको छ । उनीहरूमध्ये एक दर्जनभन्दा बढी बालबालिका थिए ।

बेपत्ता विमानको खोजीका लागि चारवटा जलसेनाका र दुईवटा हवाई फोर्सका विमान परिचालन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*