त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसिया भिड्दै

छहारी संवाददाता
८ बैशाख २०७८, बुधबार ११:३८

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा खेल १२ः१५ बजे सुरु हुनेछ ।

नेदरल्याण्ड्स र मलेसिया एक आपसमा खेल्नुअघि फरक परिस्थितिमा छ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार हारपछि अंकविहिन छ । ३ खेलबाट ४ अंक नै रहेको घरेलुटोली नेपाल राम्रो रनरेटको आधारमा शीर्ष स्थानमा छ। मलेसियालाई पराजित गरेमा नेदरल्याण्ड्स फाइनल पुग्नेछ ।

यस नतिजाले नेपाल पनि अन्तिम लिग खेलअघि नै फाइनल पुग्नेछ। मलेसिया यसअघि नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो भने नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

मलेसिया भने सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेदरल्याण्ड्सलाई पराजित गर्न सके मलेसियाको पनि फाइनल पुग्ने सम्भावना कायम रहन्छ । तर त्यसका लागि मलेसियाले नेदरल्याण्ड्स र नेपाल दुवैलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको सिरिजमा डबल राउण्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*