सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै
सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ । समूह ुबीु मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ ।
यस्तै दिउँसो साढे तीन बजे वीरगञ्ज युथ एकेडेमी र मनोहरा युनाइटेड क्लबबीच खेल हुँदैछ । समूह ए को वीरगञ्जले चार खेल खेल्दै ९ अङ्क बनाएको छ भने मनोहराले पाँच खेलबाट ९ अङ्क नै बनाएको छ ।





