महिला क्रिकेट टिमलाई लोकतान्त्रीकको सम्मान

छहारी संवाददाता
चैत्र ४, २०७७

नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डिएससी काठमाण्डौ लाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा बिजयी भएर फर्किएको डिएसी महिला टिमलाई नगद ३० हजार सहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।

नारायण गोपाल चोकस्थित हेडलाईन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाण्डौ क्षेत्र नं. ४ का प्रतिनिधी सभा साँसद गगन कुमार थापाले डिएससी महिला टोली तथा प्रशिक्षकलाई नगद सहित प्रशंसा पत्र प्रदान गरे ।
टोलीलाई सम्मान गर्दै पूर्व मन्त्री थापाले सम्मान गरेकोमा नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशलाई धन्यवाद प्रदान गर्दै यस्ता कार्यक्रमले खेलाडीहरुको हौसला अभिबृद्धि गर्न मद्धत पुग्ने र प्रतियोगिताले खेलाडीहरुको स्तर बृद्धिमा सघाउ पुग्ने बताए । उनले टोलीलाई आगामी दिनमा पनि सफलता प्राप्तका लागि शुभकामना प्रदान गर्दै पुनः खेलाडीहरुलाई सम्मान गर्न पाउनेमा बिस्वस्त रहेको बताए ।

नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश संयोजक तथा केन्द्रिय सदस्य दीपक गुरुङ्गले नेपाल लोकतान्त्रीक खेलकुद संघ खेलाडीहरुको अभिभावकको रुपमा रहेको भन्दै आगामी दिनमा खेलाडीहरुको हक हितका लागि सदा लागि पर्ने र खेलाडीहरुले आफुलाई कहिलै टुहुरो सम्झनु नपर्ने बताए ।

महिला क्रिकेट खेलाडीहरुको स्तरोन्नती र क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले फागुन ६, ७ र ८ गते पोखरामा डिएससी र गण्डकी प्रदेशविच ५० ओभरको तीन एक दिवसिय मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । जसमा डिएससी तीनै प्रतिस्पर्धामा बिजयी भएको टोली प्रशिक्षक रविन जोशीले जानकारी गराए ।

प्रतिस्पर्धामा जानेबेला खेलाडीहरुलाई बिदाई गर्दै नेपाल लोकतान्त्रीक खेलकुद बागमती प्रदेशका संयोजक दीपक गुरुङ्गले टोलीलाई बिजयी भएर फर्केको अवस्थामा हौसला स्वरुप नगद ३० हजारले सम्मान गर्ने जुन घोषणा गरेका थिए त्यसै घोषण अनुरुप टोलीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सचिव मनिष जोशी (राम), सदस्य कुमार बस्नेत, राजु बिक्रम थापा, दोलखा क्षेत्र नं. १ का उपसभापती राजन अधिकारी, बागमती प्रदेशका सचिव दामोदर भट्टराई (बद्री), कोषाध्यक्ष कविराज नेगी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*