एन्फाको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा श्रेष्ठ चयन

छहारी संवाददाता
फाल्गुन १४, २०७७

अखिल नेपाल फुटबल संघ एन्फाको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा हेटौंडाका राजेन्द्र श्रेष्ठ चयन हुनु भएको छ । श्रेष्ठ एन्फाका पूर्व केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

उहाँसंगै एन्फा प्रदेश समितिमा मकवानपुरका अन्य ३ जना चयन हुनु भएको छ । एन्फा बागमती प्रदेश सचिवमा दीपेन्द्र ढकाल तथा सदस्यमा सुदिप राजबाहक र लवराज ठकुरी चयन हुनु भएको हो । प्रदेश अध्यक्षमा चयन भएपछि श्रेष्ठले खुसी व्यक्त गर्दै फुटबल क्षेत्रको विकासमा सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा दीपक चित्रकार, उपाध्यक्षमा निरज श्रेष्ठ, सहदेव ब्यञ्जनकर र मनराज गोदार चयन हुनु भएको छ । यस्तै कोषाध्यक्षमा श्रीकृष्ण कार्की, सह–कोषाध्यक्षमा दिवा सागर श्रेष्ठ, सचिवमा गोविन्द श्रेष्ठ र दीपेन्द्र ढकाल चयन हुनु भएको छ ।

समितिको सदस्यमा लक्षु देवकोटा, बाबुराजा श्रेष्ठ, लवराज ठाकुर, सुदिप राजबाहक, अजब श्रेष्ठ, बाबुकृष्ण महर्जन, किशोर हेक्का, अनिल शाक्य र जीवन लामा चयन हुनु भएको छ । यसअघि एन्फाको प्रदेश तदर्थ समिति निर्माणको लागि हेटौंडामा भएको भेलाले नेतृत्व चयन गर्न सकेको थिएन । अध्यक्ष पदमा विभिन्न जिल्लाका १३ जनाले आकांक्षा देखाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*