दक्षिण अफ्रिकाका पूर्व क्रिकेट कप्तान फापद्धारा टेष्ट क्रिकेटबाट सन्यासको घोषणा

छहारी संवाददाता
फाल्गुन ५, २०७७

दक्षिण अफ्रिकाका पूर्व क्रिकेट कप्तान फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले आफ्नो टेष्ट क्रिकेटको करियरमा ६९ टेष्टमा ४ हजार १ सय ६३ बनाएका छन्। यसमा उनका १० शतक र २१ अर्धशतक सामेल छन्।

फाफ डु प्लेसिसले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन्। उनले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए।

हालै दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच टेष्ट क्रिकेट सिरिज तय गरिएको थियो। तर उक्क्त सिरिज स्थगित भएको छ। उनले अष्ट्रेलियाविरुद्धको सिरिज खेल्न चाहेका थिए। तर यसैबीच उनले सन्यासको घोषणा गरेका छन्।

दक्षिण अफ्रिकाले उनको कप्तानीमा ३६ टेष्ट खेलेकोमा १८ मा जित १६ मा हाल व्यहोरेको थियो। तीन खेलमा बराबरी खेलेको थियो।

यस्तै उनले दक्षिण अफ्रिकाका लागि हालसम्म १४३ एकदिवसीय खेलमा ५ हजार ५ सय ७ रन बनाएका छन्। जसमा उनले १२ शतक र ३५ शतक बनाएका छन्। यसैगरी टि–ट्वेन्टीमा एक शतक र १० अर्धशतकको मद्दतमा १ हजार ५ सय २८ रन बनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*