राष्ट्रिय महिला लिगः चौदण्डीगढीको लगातार ११ औँ हार
चन्द्रपुर ११ खेलमा नौ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा
राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई दुई–एक गोलले हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलवार भएको खेलमा चन्द्रपुरका लागि रजनी थोकर र दिलकुमारी रानाले एकरएक गोल गरे, उज्यालो अनलाइनले लेखेको छ । चौदण्डीगढीकी मनिता तामाङले सान्त्वना एक गोल फर्काइन् ।
चन्द्रपुर ११ खेलमा नौ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा छ । लगातार ११ औँ हार बेहोरेको चौदण्डीगढी अङ्कविहीन हुँदै पुछारमा छ ।





