भारत इङ्ग्लाण्डसँगको दोस्रो टेस्टमा ३१७ रनले विजयी

छहारी संवाददाता
फाल्गुन ४, २०७७

इङ्ग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेट भारतले तीन सय १७ रनले जितेको छ । चार सय ८२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड चौथो दिनको खाना समयअघि नै एक सय ६४ रन बनाउँदा अलआउट भएपछि भारत विजयी भएको हो ।

इङ्ल्याण्डका लागि मोइन अलीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै कप्तान जोए रुट ३३ रनमा आउट भए । भारतका अक्षर पटेलले पाँच, रविचन्द्रन अश्विनले तीन र कुलदीप यादवले दुई विकेट लिए । भारतले पहिलो पारीमा तीन सय २९ रन बनाउँदा इङ्ग्ल्याण्डको टोली एक सय ३४ रनमा अलआउट भएको थियो, उज्यालो अनलाइनले लेखेको छ ।

यसरी भारतले पहिलो पारीको आधारमा एक सय ९५ रनको अग्रता बनाएको थियो । दोस्रो पारीमा भारतले अश्विनको सानदार शतकको मदतमा दुई सय ८६ रन बनाउँदा इङ्ग्ल्याण्डले चार सय ८२ रनको विशाल लक्ष्य पाएको थियो । दोस्रो टेस्ट भारतले जितेसँगै चार खेलको शृङ्खला एक–एकको बराबरीमा पुगेको छ । पहिलो टेस्ट इङ्ग्ल्याण्डले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*