हेटौंडामा हुन लागेको मेयर कप फुटबल प्रतियोगिताको मिती परिवर्तन
हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिले गर्न लागेको मेयर कप फुटबल प्रतियोगिता मिती परिवर्तन भएको छ । यसअघि फागुन ५ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता मिती प्राविधिक कारणले यही फागुन १४ गरेका लागि सारिएको आयोजक समितीले जनाएको छ ।
सोमबार बसेको आयोजक समितिको बैठकले फागुन १४ देखि २४ गतेसम्म हेटौंडा–४ हुप्रचौरमा प्रतियोगिता संचालन गर्ने निर्ण गरेको हो । नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा हुने प्रतियोगितामा १९ टीमको सहभागिता रहनेछ । प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहने समिति अध्यक्ष चन्द्र शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिताको तयारी तीव्र रुपमा अगाडि बढिरहेको भन्दै अध्यक्ष शाहीले मैदान निर्माण, प्राविधिक तयारी तथा वडा तहमा टिम निर्माणका लागि समन्वय गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले प्रतियोगिताका लागि प्रचारप्रसार तथा खेल तालिका निर्माणको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच÷पाँचहजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।





