ट्राईयाथलन संघका अध्यक्ष श्रेष्ठ ओलम्पिक कमिसनको सदस्य नियुक्त
नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव श्री निलेन्द्र राज श्रेष्ठ बिश्व ट्राईथलनको ओलम्पिक कमिसनको सदस्यमा नियुक्त भएका छन् ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि संग समन्वय र सहकार्य गर्ने कार्यका लागि बिश्व ट्राईयाथलनले स्थापना गरेको कमिशनमा श्रेष्ठलाई चार बर्षे कार्यकालका लागि बिश्व ट्राईयाथलनले चयन गरेको हो ।
कमिशनको अन्य सदस्यमा स्विडेन ओलम्पिक कमिटिका उपाध्यक्ष रिया डामग्रेन निलसन र कोष्टारिका ओलम्पिक कमिटिका सदस्य क्रिष्टिना गोन्जालेज पनि चयन भएको संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।





