प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको राउण्ड अफ १६ मा आर्मी र एपिएफ
रन्जन भट्टराई,चितवन
त्रिुभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता २०७७ को राउण्ड अफ १६ मा पुगेका छन् ।
रत्नले नवलपरासीका रोशन कुमाललाई २१-१४, २१-१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१-५, २१-९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल घर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा स्थान बनाउनेमा एपिएफका दिपेश धामी, भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ रहेका छन् । दिपेशले कैलालीका देवराज रानालाई २१-१६, २१-८ ले, बिकासले सेनाका आयुष्मान नागरीलाई २१-१३, २१-९ले र नविनले एनआरएनए दुवईका साहिल चन्दलाई २१-११, २१-१० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
यसै गरि सेनाका हिमाल चन्द, एपिएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, सेनाका प्रफुल महर्जन, बाँकेको इरफान अन्सारी, सुर्खेतका नरेन्द्र बम, सेनाका दीवस शंकर, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन, एपिएफका गौतम कठायत, बुटवल ब्याडमिन्टनका सुशिल गिरी पनि आजको प्रतियोगितामा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । चन्दले परासीका डोलराज मगरलाई २१-८, २१-१७, क्षेत्रीले रामनगरका दिपेन्द्र चेपाङ्गबाट वाक ओभर, बोसले आफ्नै क्लबका सुुजन थापालाई २१-१६, २१-१५, महर्जनले चन्द्रगढीका अखिल श्रेष्ठलाई २१-१३, २१-१९, अन्सारीले धन्वन्तरीका ककेश सत्यालबाट वाक ओभर, बलमे एपिएफका सुमन लिम्बुलाई २२-२०, १९-२१, २१-१९, शंकरले सुनसरी ब्याडमिन्टन एकेडेमीका दिवल लिम्बुलाई २१-११, २१-१०, सेढाईले बाराका रामकृष्ण श्रेष्ठलाई २१-११, २१-१५, रुकेशले बाँकेका विलाल वार्सीलाई २१-१२ को समान अन्तरले, कठायतले सेनाका गोकुल जोरालाई २१-१३, २१-११ र गिरीले रुपन्देहीका प्रतिक अर्याललाई २१-२३, २१-११, २१-११ ले पराजित गरेका हुन् ।
प्रतियोगिताको दोश्रो दिन भएको महिला एकलको प्रतिस्पर्धामा एपिएफकी जेशिका गुरुङ्ग नेपाल नम्बर एक भोजपुरकी नङ्गसल देवी तामाङ्गलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी छिन् । जेशिकाले नङ्गशल माथि २१-१४, २१-१३ को समान अन्तरले पराजित गरिन् । भर्खरै सिराहाको गोलबजारमा आयोजनामा भएको १० औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि जेशिकाले नङ्गशललाई पराजित गरेकी थिईन् । यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा एपिएफकी प्रयाक्षी राईले चन्द्रागिरीका मनिषा खड्कालाई २२-२०, २१-१५ले, सेनाकी अनुमाया राईले एपिएफकी शोभा गौचनलाई २१-१३, २१-११ले, कैलालीकी प्राथना देउवाले कैलालीकी प्रियानसी बमलाई २१-५, २१-६, सुनसरी ब्याडमिन्टन एकेडेमीका शिमा राजबंशीले वुटवल ब्याडमिन्टन क्लबकी पुजा बिष्टलाई २१-१०, २१-७, सेनाकी रशिला महर्जनले सूर्यदर्शनकी रिया डङ्गोलबाट वाकओभर, एपिएफकी सुनयना मुखियाले बाँकेकी समिक्षा न्यौपानेलाई २१-६ को समान अन्तरमा र सेनाकी अमिता गिरीले एनआरएनकी सानिया चन्दलाई २१-१६, २१-१२ ले पराजित गरे ।






