राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै
राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
यस्तै, आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । यो खेल एन्फा कम्प्लेक्समा नै दिउँसो ३ बजे हुनेछ ।
यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८- ०गोल अन्तरले हराएको थियो ।





