सर्वाधिक पुरस्कार रासीको राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता सुरु

छहारी संवाददाता
माघ २८, २०७७

सर्वाधिक पुरस्कार रासीको प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ चितवनमा बुधबारदेखि सुरु भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती ट्रष्टको संयुक्त आयोजना भएको प्रतियोगिताको बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले गर्नुभयो ।

महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोश्रो हुनेले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब,एपिएफ क्लब, २७ जिल्ला तथा अन्य क्लबगरि २५२ खेलाडीहरुले सहभागिता जनाएका छन् ।

पुरुष एकल र राष्ट्रिय २० बरियताको युगल, राष्ट्रिय २० बरियता बाहेककाको युगल, महिला एकल, छात्र र छात्रा यु १७, पुरुष भेट्रान्स ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि ८ स्पर्धामा प्रतिस्पर्धा गराईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*