१८ वर्षपछि दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला पाकिस्तानद्धारा क्लिन स्विप
आउँदो बिहीवारदेखि तीन खेलको टी–२० शृङ्खला सुरु हुने
दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । दोस्रो टेस्ट ९५ रनले जितेसँगै पाकिस्तानले शृङ्खला दुई–शून्यले क्लिन स्वीप गरेको हो ।
रावलपिण्डीमा तीन सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौ दिन दुई सय ७४ रन बनाउँदै अलआउट भयो । उसका एदिम माक्ररमले एक सय आठ रन बनाए ।
पाकिस्तानका हसन अलिले पाँच र शाहिन अफ्रिदीले चार विकेट लिए । पाकिस्तानले १८ वर्षपछि दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जितेको हो । सन् २००३ यता पाकिस्तानले दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जित्न सकेको थिएन । यी दुई देशबीच आउँदो बिहीवारदेखि तीन खेलको टी–२० शृङ्खला सुरु हुँदैछ ।





