राष्ट्रिय महिला लिगः एपीएफद्धारा चौदण्डीगढी १४–० गोलले पराजित

छहारी संवाददाता
माघ २६, २०७७

राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले हराएको छ ।

एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा एपीएफले चौदण्डीगढीलाई लज्जास्पद हार दिलाएको हो । एपीएफका लागि सावित्रा भण्डारी एक्लैले ८ गोल गरिन् । सावित्राले खेलको चौथो, १८ औँ, ३६ औँ, ४३ औँ, ५३ औँ, ५६ औँ, ७२ औँ र ८७ औँ मिनेटमा गोल गरेकी हुन् ।

यस्तै अनिता केसीले २४ औँ र ४० औँ, अनिता बस्नेतले पहिलो हाफको थपिएको समयमा र ६४ औँ मिनेटमा तथा अनु लामाले ७६ औँ र रविना गोलेले ७९ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै शीर्ष स्थानमा रहेको एपीएफको २१ अङ्क भएको छ । चौदण्डीगढीले अहिलेसम्म एउटा खेल पनि जित्न सकेको छैन ।

प्रतियोगितामा मङ्गलवार त्रिभुवन आर्मी र वालिङ नगरपालिका तथा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*