राष्ट्रिय महिला लिगः आज एपीएफ र चौदण्डीगढीबीच भिडन्त हुने
राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ ।
यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो । जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहोर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ । चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ ।





