राष्ट्रिय महिला लिगः दोस्रो चरणका खेल आजदेखि सुरु हुँदै

पहिलो खेलमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी र उदयपुरको चौदण्डीगढी भिड्ने
छहारी संवाददाता
माघ २४, २०७७

राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेलहरु आजदेखि सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिसकेका छन् । लिगमा तीन विभागीय र चार नगरपालिकारमहानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो चरणको पहिलो खेलमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे खेल सुरु हुनेछ, अनलाइन खबरले लेखेको छ ।

पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२-० ले पराजित गरेको थियो । अंकतालिकामा दोस्रो स्थानमा रहेको आर्मी चौदण्डीलाई पराजित गर्दै लिग लिडर एपीएफसंथ अंक दूरी कम गर्ने योजनामा हुनेछ । पहिलो चरणको ६ खेलबाट १३ अंक जोडेर आर्मी दोस्रो स्थानमा छ । ६ वटै खेल हारेको चौदण्डीगढी अंकविहीन हुँदै पुछारमा छ ।

महिला लिगको साविक विजेतासमेत रहेको एपीएफ पहिलो चरणमा शतप्रतिशत जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो चरणमा विभागीय टोली पुलिसलाई स्तब्ध पारेको विराटनगर महानगरपालिका ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । पुलिस र वालिङ समान ८ अंकसहित क्रमशस् चौथो र पाँचौ स्थानमा छ । चन्द्रपुर ३ अंकका साथ छैटौं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*