रारा गोल्डकप फुटबलको १९ औँ संस्करण आगामी चैत १७ देखि हुने
मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले तयारी सुरु गरिए, देशसञ्चारले लेखेको छ ।
‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना हुने प्रतियोगितामा विदेशी टोली, ‘ए’ डिभिजनका क्लब, मोफसलका टोली र आयोजक सहाराको टोली सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताउनुभयो ।
कोरोना महामारी र राष्ट्रिय फुटबल टोली विश्वकप फुटबल तथा एशियन कपको छनोट चरणको तयारीमा रहेकाले समेत प्रतियोगिताको समयपछि सरेको बताइन्छ ।
यसअघि क्लबले पुसरमाघमा प्रतियोगिता गर्दै आएको थियो । प्रतियोगिताबाट कूल आम्दानी रु एक करोड ३० लाख एक हजार तथा खर्च रु एक करोड एक लाख ८१ हजार हुने अनुमान गरिएको क्लबले जनाएको छ । गत वर्षको संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेकामा विभागीय नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।





