कोरोना संक्रमित सुदूरपश्चिमका एसएसपी सिंह स्वास्थ्य लाभ गरी घर फिर्ता

कोरोना संक्रमित सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंह स्वास्थ्य लाभ गरी घर फर्किनु भएको छ ।
एसएसपी सिंहले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठिक भएकाले बुधबार आज अस्पतालबाट डिस्चार्ज लिएको बताउनुभयो । आफ्नो स्वास्थ्यमा अब कुनै समस्या नरहेकाले ठुक्क हुन उहाँले सुभचिन्तकहरुलाई आग्रह समेत गर्नुभएको छ ।
उहाँले कोरोना संक्रमण भइ उपचारमा रहेका बेला चिन्ता व्यक्त गर्नुहुने तथा शुस्वास्थ्यको कामना गर्नुहुने आफन्त, साथीभाई, सहकर्मी सबैलाई धन्यवाद दिनुभएको छ ।
साथै उहाँले कोरोना संक्रमणलाई हल्का रुपमा नलिई सरकारले तोकेको मापदण्ड अनुरुप व्यवहार गरी आाफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह समेत गर्नुभएको छ । चिकित्सकले समेत उहाँको अवस्था ठिक भएकाले डिस्चार्ज दिइएको बताएका छन् ।
स्वास्थ्य अवस्था गम्भिर भएपछि उहाँलाई उपचारको लागि काठमाडौंस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।