मकवानपुरमा ३४ हजार ३२२ जनाको पीसीआर जाँच, ४ हजार ३७० जनामा कोरोना संक्रमण

मकवानपुर जिल्लामा हाल सम्ममा ३४ हजार ३ सय २२ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा ४ हजार ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने निकै घटेको छ । अहिले कोरोना जाँच गराउनेहरु पनि थोरै मात्र हुने गरेका छन्, जनपत्रले लेखेको छ ।
मकवानपुरमा पहिले दिनमै ३ सय जनाको कोरोना परिक्षण गराउने गरिएको थियो । तर, अहिले कोरोना परिक्षण गराउने घटेसंगै संक्रमित पनि घटेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।
मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । मकवानपुर जिल्लाका १० वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रका कोरोना संक्रमित रहेका छन् । हेटौंडामा मानिसको धेरै भीड हुने भएका कारण पनि यस क्षेत्रमा धेरै संक्रमित बढेका हुन् ।